पाँचथर ।फिदिम नगरपालिका–१ र ११ जोड्ने फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा डाइभर्सन बाहिरबाट बगेको बाढीले सडक कटान गरेको छ ।
बाढीले निर्माणाधीन डाइभर्सनलाई छलेर अर्को किनारबाट बग्दै मुख्य सडक भाग बगाएको हो । खोलाको बहाव अनियन्त्रित बनेपछि फिदिम नगरपालिका–१०, ११, १२, १३ र फालेलुङ गाउँपालिका जोड्ने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
खोलाको बहाव पुनः डाइभर्सन तर्फ फर्काउन डोजरमार्फत काम थालिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र् सिंले जनकारी दिए । “डाइभर्सनमै खोलाको बहाव ल्याएर सडक खुलाउने प्रयास भइरहेकाले केही समय लाग्न सक्छ,” उनले भने । सडक खुलाउने प्रयास जारी छ ।





