पाँचथर- लागु औषध नियन्त्रण ब्यूरो काठमाण्डौँले डेरा लिएर औषधी जन्य लागु औषधको कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । मा काठमाण्डौ– १६ बालाजु, गंगाहल, शान्ति मार्ग का कोठा लिएर बस्ने मोरङ बेलबारी नगरपालिका वडा न. ३ कि निकु राई, बल्खुबाट कुंगा तामाङ र पदम बहादुर महतेलाई पक्राउ गरेको हो ।
भण्डार गरि लागु औषध कारोबार गरीरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका प्रमुख एसपि कृष्ण कोईरालाले जानकारी दिए । उनीहरुको कोठाबाट ३५ हजार ५ सय ९० र एप्पुल ३१ हजार १ सय १ बरामत भएको छ ।
राईलाई नियन्त्रित मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ३५ हजार ५ सय ९० र लागु औषध गाँजा १२ दशमलव ५०० किलोग्राम सहित पक्राउ परेकी छन् ।
तामाङ र महतेका कोठाबाट लागु औषध बुप्रेनोर्फिन १० हजार ३ सय ६७ एम्पुल, डाईजेपाम १० हजार ३ सय ६७ एम्पुल, फेनार्गन १० हजार ३ सय ६७ एम्पुल गरी जम्मा ३१ हजार १ सय ९ एम्पुल बरामद गरी पक्राउ गरिएको कोईरालाले जानकारी दिए ।
उनीहरु विरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ अनुसार अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
ठुलो परिमाणमा लागु औषध सहित तीन जना पक्राउ
ठुलो परिमाणमा लागु औषध सहित तीन जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




