काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदा आज देशका विभिन्न पहाडी भू-भागमा मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यसै सन्दर्भमा, नेपाल प्रहरीले विपद्को समयमा तत्काल उद्धार तथा सहायताका लागि आपत्कालीन सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ । कुनै पनि आपत्कालीन अवस्थामा नागरिकले यी नम्बरहरूमा सम्पर्क गरी सहयोग माग्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विपद् उद्धारका लागि प्रहरीका प्रदेशस्तरीय आपत्कालीन सम्पर्क नम्बरहरू
-
कोशी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी, झापा – ९८५२६७७७९९
-
मधेश प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, वीरगञ्ज, पर्सा – ९८५५०२६९४५
-
बागमती प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, मकवानपुर, हेटौंडा – ९८५५०३९२५०
-
गण्डकी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, रुद्रपिपल, बाग्लुङ – ९८५७६९५३४५
-
लुम्बिनी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, तुलसीपुर, दाङ – ९८५७८५०४००
-
कर्णाली प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, चन्दननाथ, जुम्ला – ९८५८३९००१०
-
सुदूरपश्चिम प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, महेन्द्रनगर, कञ्चनपुर – ९८५८८८७३३६
-
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय: सामाखुशी, काठमाडौं – ९८५१२८३६१०
अन्य आपत्कालीन नम्बरहरू
माथि उल्लिखित नम्बरहरूका साथै कुनै पनि विपद् वा आपत्कालीन अवस्थामा प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०८ र प्रहरी सम्बन्धी गुनासोका लागि १११३ मा समेत सम्पर्क गर्न सकिनेछ ।




