पाँचथर । नेकपा माओवादी केन्द्र फिदिम नगर अध्यक्षमा विपन तुम्रोक निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनबाट तुम्रोक निर्वाचित भएका हुन् । तुुम्रोकले तीन प्रतिष्पर्धीलाई पराजित गर्दै तुम्रोक अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिनिधिबाट ४९ नगर समिति सदस्य निर्वाचित गराई सदस्यहरुबाट पदाधिकारीको निर्वाचन भएको थियो । निर्वाचनमा खसेको ४० मतमध्ये सदर ३८ मतमा तुम्रोकले १७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको निर्वाचन समिति संयोजक सन्तकुमार राईले जानकारी दिए । अध्यक्षका प्रत्यासीहरु विवी नेम्बाङले ११, विजयबोध लावतीले आठ र प्रदिप बाँस्कोटाले दुई मत मात्र प्राप्त गरेका थिए ।
अधिवेशनबाट उपाध्यक्षत्रयमा रिन्जी शेर्पा, कविरमान तुम्बापो, कृष्णकुमारी गुरुङ, सचिवमा बलबहादुर राई, सहसचिवमा सुरेन्द्र फेवार र कोषाध्यक्षमा हर्कमती राई (सरिता) निर्वाचित भएका छन् ।
सदस्यहरुमा चाहाना कन्दङ्वा, भीमा कुमारी दुलाल बाँस्कोटा, तारा लोहार, टीका मगर शेर्पा, भीमबहादुर गुरुङ, फुर्तेम्बा शेर्पा, ज्ञानु दुंगाना, चिलाहाङ सम्बाहाम्फे, कमला फुएल, सन्ध्या राई, मनकुमार राई, गणेश तुम्रोक, राजकुमार राई, शर्मिला खवास, कामना राई, हेमकला राई, रामकुमार आङ्देम्बे, राजेन्द्र राई, गुमा कुमारी नेम्बाङ, मिलन नेम्बाङ, सन्तोष विक, अमरबहादुर राई, दुतबहादुर बुढाथोकी, कान्छा लिम्बु, सरिता हाङसरुम्बा, सिता गिरी बर्देवा, राजेन्द्र राई, चन्द्रकला नेम्बाङ, धर्मराज नेम्बाङ, धनकुमार नेम्बाङ, शिखर राई, जय प्रेम तुम्रोक, रविना मगर, सुमन बुढाथोकी, प्रिती लामिछाने, मैनादेवी श्रेष्ठ, गणेशराज बाँस्कोटा, धनकुमार थाम्सुहाङ र मनकुमार राई निर्वाचित भएका छन् ।