दिपक बोहोरा । दर्शकविनाको फुटबलमा कुनै रस हुन्न । दर्शक नभएपछि मैदानभित्र जति रोमाञ्चक प्रतिस्पर्धा भए पनि त्यसको कुनै अर्थ रहन्न । फुटबलमा त दर्शकलाई बाह्रौ खेलाडीको रुपमा लिने गरिन्छ । दर्शको मायाले गर्दानै फुटबल खेललाइ खेलहरुको राजनै मान्ने गरिन्छ । एकसाताबाट पाँचथर सदमुकाम फिदिमबासिहरुको दैनिकीमा केही परिर्वतन आएको छ । लाग्छ फिदिममा ठुलो पर्ब लागेको छ । अब भोलीबाट यो पर्ब पनि सकिदैछ । भोली एघारौ फाल्गुनन्द गोल्डकपले च्याम्पियन पाउनेछ ।
कुरा हो फिदिममा एघारौ फाल्गुनन्द गोल्डकप फिदिमे र पाँचथरेहरुको दैनिक रुटिन केहि दिनको लागी परिर्बतन गरिदिएको छ । बजारमा पसल हुनेहरू सटर बन्द गरेर फुटबलमा रम्न फिदिम माबिको खेलमैदानमा निस्कन्छन् । गाउँगाउँबाट दर्शक भेलिँदा सदरमुकामको आकर्षण थपिएको छ । फुटबल मोहकै कारण छिमेकी जिल्लाबाट पनि दर्शक आएका छन्। थेगिनसक्नु गरी भेला हुने दर्शक व्यवस्थापन गर्न आयोजकलाई हम्मे पर्छ । पाकादेखि बच्चासम्म खेलमैदान पुग्दा कुनै भव्य अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा कम देखिँदैन । आयोजकले चारैपट्टि बारेर भरसक टिकटबिना कसैलाई प्रवेश नदिन प्रबन्ध गरेको छ ।
बाँसको अस्थाइ प्यारापिटमा बदाम खादै फुटबल हेर्न खुब मज्जा आउने खेलमैदानमा आएका एक समर्थकले बताए । फिदिमले निकै अपनत्व महसुस गर्ने प्रतियोगिताहरु फाल्गुनन्द गोल्कप पुन ६ वर्ष पछि हुँदा ठूलै मेलाका रूपमा रम्ने गरेको छन् । खेल्नेमात्र भए हेर्नेको खडेरी कहिल्यै लाग्दैनथ्यो । फुटबल हेर्नकै लागि ससाना बालबालिकादेखि ८० नाघेका व्यक्तित्वसम्मको भीड लाग्ने गर्दथ्यो ।
पाँचथरे दर्शकले गर्ने त्यही मायाको बलमा टिकेका थिए दुइ फिदिमे गोल्डकप कोभिड १( महामारीजस्ता अप्ठेरा परिस्थिति र खेलमैदान भत्किए पछि प्रतियोगिताले निरन्तरता पाउन सकेन । पहिला देखेको दर्शकको माया र फुटबलको प्यास मेटाउन पुनः ६ वर्ष पछि फाल्गुनन्द गोल्डक िभएको छ । अहिले फिदिमम माबिको खेलमैदान वरी परि दर्जन घरका छत र बार्दली भरिएका हुन्छन् ।
आयोजकले स्टेजबाट पेचिलो गरी आग्रह गर्छन् ‘टिकट काटेर हामीलाई सघाउनुहोस भनेको होइन । बार्दली र छतबाट खसेर दुर्घटनामा कोही पनि नपर्नु भन्ने हाम्रो अनुरोध हो । यति हुँदा पनि रमितेको चाप घटेन । टिकट काट्नेहरू पनि राम्ररी खेल हेर्न पाइने भन्दै त्यतै दौडिएका भेटिन्छन्।। दर्शकको साथकै कारण पाँचथर फाल्गुनन्द गोल्डकप समापनको क्षण पुगेको छ ।
सेमीफाइनलका खेलहरु सकिदा सम्म आयोजकले सार्वजनीक गरेको टिकट बिक्रीको संकलन पनि १३ लाख माथी पुगेको देखीन्छ । दुइ सेमीफाइनलमा टिकट बिक्रीबाट ६ लाख माथी संकलन भएको देखीन्छ । यो तथ्याङले पनि पाँचथर दर्शकलाई मान्नै पर्छ ।