दिपक बोहोरा । फुटबल प्रशिक्षक जोसे मोरिन्होले भनेका छन्, “फुटबल भावना र प्रतिभा मिसिएको खेल हो।”मोरिन्होले भनेझैँ भावनाविहीन फुटबल त रोबर्टबीचको भिडन्तझैँ हुन्छ होला। फुटबल खेल खेलाडीले वैयक्तिक कला उद्घाटन गर्ने रङ्गमञ्च हो। त्यही भएर होला, फुटबल विश्वका धेरै मानिसलाई मन पर्ने खेल बनेको।
विश्व कप र विश्व बरीयताको मानकबाट हेर्ने हो भने फुटबलको वर्चस्व ल्याटिन अमेरिका र युरोपले मात्र ओगटेका छन् तर यसको लोकप्रियताको मापन गर्ने हो भने फुटबल मोह विश्वव्यापी भइसकेको छ। कलामिश्रित सपाट खेल भएरै होला, फुटबल बुझ्न कुनै भाषाको जरुरी छैन। अब पाँचथर सदरमुकाम फिदिममा भोलीबाट एघारौ संस्करणको फाल्गुनन्द गोल्डकपले फुटबलको भाषा बुझाउने छ ।
पाँचथरमा फुटबल कति लोककप्रिय छ भन्ने कुरा त यहाँ टोलटोलमा हुने फुटबल प्रतियोगिताहरुलेनै बताउछ । फिदिममा फुटबल प्रेमिहरुले फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको स्वाद चाख्न नपाएको ६ वर्ष बित्यो । पाँचथरमा सदमरमुकाममा रहेको फिदिम माविको स्वामित्वमा रहेको खेल मैदानको पर्खाल २०७६ श्रावणमा भत्कियो लगतै कोभिड रोगका कारण पाँचथरमाठूला खेल प्रतियोगिताहरु बन्द भए ।
त्यहि कारण फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप हुन सकेन । पाँचथर सदरमुकाम फिदिममा यस अघि दुई ठुला प्रतियोगिता हुने गरेका थिए । फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप । फाल्गुनन्द गोल्डकप १० औं संस्करणमा पुगेर रोकियो । पाँचथर गोल्डकपको चौथो संस्करणमै बेक्र लाग्यो । २०७६ यता फिदिममा फाल्गुनन्द गोल्डकप फुटलब प्रतियोगिता भएको थिएन ।
तर, पाँचथरमा ६ वर्ष पछि फाल्गुनन्द गोल्डकपको माहोल फर्किने देखिएको छ । दशौं संस्करण पुरा भएको फाल्गुनन्द गोल्डकपको एघारौैं संस्करण शनिबारबाट सुरु हुँदैछ । एघारौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा भाग लिने टोलीको टुंगो लागेको छ । पुस ६ गतेदेखि सुरु हुने प्रतियोगितामा टोलीको टुंगो लागे सँगै सम्भाबित बिजेता टोलीको समेत अनुमान गर्न समर्थकहरुले सुरु गरेका छ ।
२०७५ को पुसपछि यो प्रतियोगिता भएको थिएन । २०४४ सालमा फिदिमका युवाहरुले राजा बिरेन्द्रको जन्मोत्सवको उपलक्ष्यमा फिदिममा लाग्ने युवा मेलामा ‘शुभ जन्मोत्सव’ फुटबल प्रतियोगिता सुरु गरेका थिए । देशमा भएको राजनितिक परिर्वतन सँग शुभ जन्मोत्सव फुटबल प्रतियोगिता स्थगित भइ २०६५ सालमाबाट सुरु भयो ‘फाल्गुनन्द गोल्डकप’ ।छिमेकी जिल्लाहरुको गोल्डकपहरुको सफलताको कथा हेर्ने हो भने फाल्गुनन्द गोल्डकप पछाडि पर्ला । तर, परम्परागत इतिहास हेर्ने हो भने फाल्गुनन्द गोल्डकप अग्रस्थानमा आउँछ ।
हुन पनि यस प्रतियोगिताले नेपाली फुटबल इतिहासमा युग बिताइसकेको छ । झन्डै दुई दशकभन्दा लामो इतिहास छ, फाल्गुनन्द गोल्डकपको । २०६५ बाट सुरुभएको ‘फाल्गुनन्द गोल्डकप’ लाई पाँचथरलेहरुले पाँचथरको गौरव सम्झन्थे । नेपालका प्रतिष्ठीत फुटबल क्लब र चर्चित खेलाडीहरु फिदिमको मैदानमा खेल्न आउथे ।
उतिखेर फुटबल प्रतियोगिताहरु सुगम ठाउँमात्र हुन्थे , झापा, मोरङ, सुनसरी इत्यादि । फिदिमको सानो मैदानमा ठुला क्लब र ठुला खेलाडीहरु ल्याएर फुटबल खेलाउन थालेपछि सबै फिदिमेलीहरुले ‘फाल्गुनन्द गोल्डकप’ लाई धेरै माया गरे । अझ बिदेशमा बसेका फिदिमे र पाँचथरेहरुले यो प्रतियोगितालाई खुब माया गरे ।
२०६५ सालमा स्थापनासँगै सफलताको बुर्कुसी मार्दै अगाडि बढ्दै गएको फाल्गुनन्द गोल्डकप २०७५ सालमा दशौं संस्करण सफलता पुर्वक सम्पन्न गर्यो । दशौं संस्करणको उपाधि बिजेता बन्यो झापा ११ । तर, २०७५ पछि खेलमैदानको समस्या र विश्वव्यापि कोभिडको कारण फाल्गुनन्दगोल्डकपले निरन्तरता पाउन सकेन ।
२०७५ सालमा फाल्गुनन्द गोल्डकपप्रतियोगिताको फाइनल खेलमा तत्कालिन बेलामा चर्चित फिफा रेफ्री लब खत्रिले उनको करियरको अन्तिम सिटी फुक्दै रेफ्री जीवनबाट रिर्टाय भए । कोभिड पछि पाँचथरमा किरात गोल्डकप र पाँचथर गोल्डकप भब्य आयोजना हुँदा समेत फिदिम स्र्पोटिङले फाल्गुनन्द गोल्डकप आयोजना गर्न नसक्दा आयोजकप्रति पाँचथरे फुटबल प्रेमिहरुले बिभिन्न प्रश्नहरु गर्ने बाताबरण बनेको थियो । अब फाल्गुनन्द गोल्डकप सकिएको हो क त ? यस्तै यस्तै प्रश्नहरु बजारमा सुनिदै आएको थियो ।
अब भने कुनै पनि बहाना स्वीकार्य नहुने भन्दै कोरोना महामारीका र खेलमैदानका कारण ६ वर्षसम्म नभएको फाल्गुनन्द गोल्डकप प्रतियोगिता अब आउने पुस ६ गतेबाट १५ गते सम्म हुने भएको छ । पाँचथरको मैदानमा पहिलो पटक ४ वटा ए डिभिजनका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
६ वर्ष पछि हुन लागेको प्रतियोगिता फिदिम माविको खेलमैदानमा हुनेछ । पुस ६ गते हुने ११ औँ संस्करणको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, मच्छिन्द्र एफसी काठमाडौँ र झापा ११ फुटबल क्लबले दोस्रो खेल खेल्नेछन् ।
त्रिभुवन आर्मी एफसी र सुनसरीको न्यू स्टार क्लब बाइ पाएर सोझै क्वाटरफाइनलमा स्थान बनाएका छन् । पहिलो खेलको विजेताले आर्मी र दोस्रो खेलको विजेताले न्यू स्टारसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, चर्च ब्वाइज युनाइटेडले विराटनगर सिटी एफसीसँग र एनआरटी काठमाडौँले सलहेश युवा क्लब सिरहासँग अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ । एकतिर लामो समयको प्रतिक्षा पछि फिदिमे दर्शकले फुटबलको माहोल पाउदै गर्दा सहभागि टिमहरुले कस्तो खेलाडी ल्याउने हुन भन्ने चिया गफ समेत सुरु भएको छ ।
निकै लामोको बे्रक पछि ‘ फाल्गुनन्द गोल्डकप ’ को एघारौं संस्करण हुँदैछ । गोल्डकपमा १० वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । फिदिम माबिको खेलमैदानमा हुने प्रतियोगिताकमा पाँचथरे फुटबल फ्यानहरू उत्साहित छन् । ‘ए’ डिभिजनमा क्लबबाट फुटबल खेलिसकेका र र्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरेका खेलाडीको आगमनले पुस ६ बाट पाँचथरे फुटबलमा पुनः पाँचथरे क्रेज देखिनेमा आयोजक आशाबादी छन् । फुटबलमा चासो दिने र र्राष्ट्रिय क्लब फुटबल नियमित हेर्ने फ्यानहरूको लागि फाल्गुनन्द गोल्डकपमा आउने स्तरीय खेलाडी सुखद समाचार हुन् ।
स्तरीय खेलाडी पाँचथरमानै आएर खेल्दा पक्कै खेल पनि स्तरीय हुने पाँचथरका फुटबल फ्यानहरुको विश्वास छ ।
यस अघि ए डिभिजन लिगमा देखा पर्ने गरेका नाईजेरिया, इथोपिया लगायत देशका खेलाडी साथै नेपालको ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका चर्चित खेलाडीहरू पनि हुने अपेक्षा यहाँका फुटबल समर्थकहरुको छ । ए डिभिजन लिगमा अनुभव बटुलिसकेका खेलाडीहरूसँग खेलेर यो पटक स्थानिय खेलाडीहरूलाई पनि खेलबारे थोर बहुत बुझ्न सक्नेमा आयोजक विश्वस्त देखिएको छ । यस प्रतियोगिताले पाँचथरे फ्यानको आकर्षण बढ्ने देखिएको छ ।
खेल नकआउट चरणमा खेलाइने छ । मेचि पहाड क्षेत्रमा फुटबलको क्रेज बढाउने फाल्गुनन्द गोल्डकपको एघारौं संस्करण आयोजना हुँदै छ ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५५५ रुपैयाँ पाउने छ । २०६५ सालदेखि सञ्चालन भएको गोल्डकपको राशि यसपटक दोब्बर बनाइएको हो । गोल्डकपले २०७५ सम्म निरन्तरता पाएको थियो ।छ वर्षपछि हुन लागेको गोल्डकपको १०औँ संस्करणको विजेताले चार लाख ४४ हजार ४४४ रुपैयाँ पाएको थियो । यो संस्करण झापा ११ एफसीले जितेको थियो ।
आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापामगरका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयीमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।
सहभागी टिमहरु
१. फिदिम स्पोर्टिङ क्लब, पाँचथर
पाँचथर क्लबले स्थानिय खेलाडीहरु र बाहिरका स्तरीय खेलाडीहरुको सन्तुलनमा टिम निर्माण गरेको आयोजकले जनाएका छन् । पाँचथरको प्रतियोगितामा यहाँका केहि स्थानिय खेलाडीहरुलाई अवशर दिदै राम्रा र स्तरीय खेलाडीहरुको संयोजनमा टिम निर्माण गर्ने आयोजक क्लबको तयारी रहेको जनाइएको छ ।
२. त्रिभुवन आर्मी फुटबल क्लब, काठमाण्डौं
आर्मी फाल्गुनन्द गोल्डकपमा सहभागी चार मध्येका एक माथिल्लो क्लब हो । गत ए डिभिजन लिगमा ७ औं स्थानमा रहदै लिग सम्पन्न गरेको टिम हो ।
त्रिभुवन आर्मी फुटबल क्लब फिदिमको खेलमैदानको लागी नयाँ टिम होइन । पटक पटक फाल्गुनन्द गोल्डकपमा यो मैदानमा खेली सकेको क्लब हो । आर्मी गत साल यहि मैदानमा भएको पाँचथर गोल्डकपको उपाधि समेत जितेको थियो । ए डिभिजनको क्लब आर्मि पछिल्लो समय घरेलु प्रतियोगिताहरुमा निकै लयमा रहेको टिम हो । गत साता इलाममा सम्पन्न भएको इलाम गोल्डकपमा पहिलो खेलमा अर्को ए डिभिजनको क्लब चर्च व्वाइज युनाइटडडे ,काठमाण्डौ सँग पराजित भएको थियो ।
३. झापा ११ ,झापा
झापा पाँचथरमा सफल क्लब हो । यस पटक पटक फाल्गुनन्द गोल्डकपको उपाधि बिजेता पनि झापानै हो । दशौं संस्करणको बिजेता अर्थात साबिक बिजेता पनि झापा ११ नै हो । यस अघि विर्तामोड युनाइटेड क्लब झापाको नाममा सहभागिता जनाए पनि यस पटक पुरानै क्लब झापा ११ को नाममा झापा पाँचथरमा उत्रदैछ । झापा ११ पाँचथरमा सर्वाधिक सफल क्लब हो । झापाले पाँचथरका दर्जनौ. प्रतियोगिताहरुको उपाधि जितेको छ । झापा पाँचथरको मैदानमा परिचित फुटबल क्लब हो । पाँचथरका फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता प्रतियोगिताको उपाधि जितिसकेको झापा फिदिममा हुने प्रतियोगिताको सदबहार उपाधिदाबेदार टिम हो । झापा उत्कृष्ट खेलाडीहरुको साथमा उपाधि जित्ने लक्ष्यका साथ पाँचथर आउने झापा ११ले बताएको छ ।
४. बिराटनगर सिटि फुटबल क्लब, मोरङ
बिराटनगर सिटि फुटबल क्लब, मोरङ नेपाल सुपर लिग खेल्ने पूर्वेली क्लब हो । गत साल भएको नेपाल सुपर लिगमा भने बिराटनगरले सहभागिता नजाएको कारण टिम कस्तो छ अनुमान गर्न गाह्रो छ । तर बिराटनगरका अधिकारीहरुले बताए अनुसार बिराटनगर उपाधि जित्ने लक्ष्य सहित पाँचथर आउने बताएका छन् । मोरङको टिमहरुत फिदिमको मैदानमा परिचित टिम हो । मोरङको टिम पनि पाँचथरमा उपाधि दाबेदार टोलीको रुपमा रहँदै आएको छ । मोरङ पूर्वको फुटबल पावरहाउसनै भएकाले मोरङको टिम राम्रो हुने अनुमान गरिएको छ ।
५. मछिन्द्र क्लब,काठमाण्डौं
फाल्गुनन्द गोल्डकपको अर्को ए डिभिजन क्लब मछिन्द्र क्लब,काठमाण्डौ हो । मछिन्द्र क्लब,काठमाण्डा २०७९ सालमा भएको ए डिभिजन लिगमा शिर्ष दुईमा रहेको टोली हो । नेपाली फुटबलमा बलियो टिम मानिने मछिन्द्र क्लब,काठमाण्डौं फाल्गुनन्द गोल्डकपको उपाधि दाबेदार टोलीको रुपमा हेरीएको छ ।
६. सलहेश फुटबल क्लब , सिराहा
सिराहाको सलहेश फुटबल क्लब अहिलेको मौफसलकै सर्वाधिक सफल क्बल हो । मौफसले क्लबले ए डिभिजनका क्लबहरुलाई माथ खुवाउदै आएको छ । मैफसलमा भएका धेरै गोल्डकपहरुमा नेपाल ए डिभिजन क्लबहरुलाई निराश बनाउदै आएको सलहेश फुटबल क्लब पाँचथरको मैदानमा पहिलो पटक उत्रदैछ । छिमेकी जिल्ला ताप्लेजुङ,झापाका मैदानमा सलहेश फुटबल क्लबले राम्रो प्रर्दशन गर्दै आएको छ ।
७. चर्च व्वाइज युनाइटेड ,काठमाण्डौं
चर्च व्वाइज युनाइटडडे ,काठमाण्डौं २०७९ सालमा भएको ए डिभिजन लिग विजेता क्लब हो । गत साता मात्र इलाममा सम्पन्न भएको इलाम गोल्डकप प्रतियोगितामा पहिलो खेलमा आर्मीलाई स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमीफाइनलमा चर्च ब्वाइजले आयोजक रेडहर्ष फूटबल क्लब इलामलाई जित्दै फाइनल प्रबेश गरेको थियो । फाइनलमा अर्को ए डिभिजनको क्लब न्युरोड टिम (एनआरटी ),काठमाण्डौ सँग पराजित हुँदै उपबिजेता बनेको थियो । चर्च व्वाइज युनाइटेड ,काठमाण्डौं ए डिभिजनको क्लब नबन्दै यस मैदानमा पटक पटक खेलेको अनुभब छ । चर्च व्वाइज युनाइटेड ,काठमाण्डौ फाल्गुनन्द गोल्डकपको उपाधि दाबेदार टोली हो
८. न्युरोड टिम (एनआरटी ),काठमाण्डौं
फाल्गुनन्द गोल्डकपको अर्को ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी ),काठमाण्डौ हो । नेपाली फुटबलमा बलियो टिम मानिने न्युरोड टिम (एनआरटी )काठमाण्डौं फाल्गुनन्द गोल्डकपको उपाधि दाबेदार टोलीको रुपमा हेरीएको छ । य िअघि पनि न्युरोड टिम (एनआरटी ) फिदिम माबिको खेलमैदानमा खेली सकेको क्लब हो । गत साता मात्र इलामा सम्पन्न भएको इलाम गोल्डकप प्रतियोगिताको उपाधि न्युरोड टिम (एनआरटी ) ल अर्को चर्च व्वाइज युनाइटेड लाई हराउदै जितेको थियो । इलाम गोल्डकपको लगाता दोश्रो पटक यो च्याम्पीनय बनेको हो । २०७९ सालमा भएको ए डिभिजन लिगमा शिर्ष ६ मा रहदै लिग सकाएको न्युरोड टिम (एनआरटी ) फाल्गुनन्द गोल्डकपको उपाधि दाबेदार टोली हो ।
९ं.न्युस्टार क्लब,सुनसरी
यस प्रतियोगिताको सबै भन्दा अन्जान टोलिनै न्युस्टार क्लब,सुनसरी
क्लब हो । न्युस्टार क्लब,सुनसरी पाँचथरको लागी र मौफसलमै पनि उति साह्रो नाम नसुनिएको क्लब हो । बराहक्षेत्रको यो क्लबले सुनसरी, मोरङ, उदयपुर तिर हुने फुटबल प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएको जानकारी उक्त क्लबले दिएको छ । न्युस्टार क्लब,सुनसरीले पहिलो सहभागितामा आफुलाई अब्बल साबित गर्ने मुडमा छ । ए डिभिजन लिगको अनुभब बटुलिसकेका खेलाडीहरुलाइ समेटेर टिम निर्माण गरेको न्युस्टार क्लब,सुनसरीले जानकारी दिएको छ ।
१० . खरर्साङ फुटबल क्लब , भारत
खरर्साङ फुटबल क्लबबाट उत्कृष्ट खेलाडीहरुको टिम आउने अपेक्षा आयोजक सँग छ । खरर्साङ फुटबल क्लब भारतीय लिग खेलेका राम्रा खेलाडीहरु आउन सक्ने अनुमान आयोजक लिएका छन् ।