गिरिराज बाँस्कोटा
याङवरक (पाँचथर)– केहिदिन अगाडीनै थर्पु आउनु पर्ने इन्द्रकुमार बेघा बाटोमै रोकिए । बाईक त गाँउमै थन्काए । हिड्दै आउनलाई बाटोपनि थिएन ।
स्थानिय बासिन्दालाई बाध्यताले थिच्यो । बाटो नभएपनि पहिरोमा कतै बसेर, कतै एकआसपमा समातेर, कतै रुमा अड्किदै यात्रा गर्न बाध्य भए । यसरी यात्रा गरेर बाटोमा आउदै गरेका मध्ये एकथिए बेघा ।
असार–२ गतेको बाढि, पहिरोले सडक क्षतिग्रस्त बनाउदा हिड्ने बाटो पनि छैन् । याङवकर गाँउपालिकका ओयाम, फलैचा र च्याङथापुका बासिन्दा बाटो विहिन छन् । त्यसो त ताप्लेजुङको सिदिङ्वा गाँउपालीकाका बासिन्दापनि सडकले थुनिएका छन् ।
असार–२ गते करिव ४ घण्टा अविरल परेको बर्षाले धेरैलाई विस्तापि गराईदियो । ठुलो संख्यामा बासिन्दाहरु जोखिममा रहेका छन् । सडक, बिजुली, खानेपानी अवरुद्ध छ ।
तत्काल सडक खुल्ने अवस्था देखिदैन् । ‘यो क्षेत्रका बासिन्दाले सारै ठुलो दुखः पाएका रहेछन् । पहिलो कुरा मान्छे जोगाउनु पर्छ । जोखिम धेरै रहेछ । मान्छे हिड्ने बाटो भएपनि निकाल्ने प्रयास गर्ने छौँ’ बाढि, पहिरो प्रभावित क्षेत्र आईपुगेका मध्यपहाडी लोकमार्गका आयोजना निर्देशक थानेश्वर खत्रिले भने ‘बाटोमा ठुलो क्षती पुगेको रहेछ ।’
विपत्तिको चपेटामा याङवरकको ओयाम, च्याङथापु र फलैचाक्षेत्रका बासिन्दा परेका छन् । यो विपत्ति गाँउपालीका एक्लैले सामाना गर्न सक्ने अवस्थ छैन् भने केन्द्र र प्रदेश सरकारको ध्यान अझै पुगेको छैन् । पीडितले राहत पाएका छैनन् ।
गाँउको बजार ओयामबाट अगाडी गाडी जान सक्ने अवस्था थिएन । यहि बजारमा पनि बाढि आएर भाग्रेभागको अवस्था सृजना भएको थियो ।
जसोतसो पुष्पलाल (मध्यपहाडी) लोकमार्ग यहाँसम्म खुलाइएको छ । तर फेरी ठुलो पानी पर्यो भने रोकिन सक्छ । यो बजारका बासिन्दा अहिले डरसरीछन् । यो बजारमात्र होईन यो क्षेत्रका बासिन्दा बाढि र पहिरोले दिएको पीडा, सास्ती खेपीरहेका देखिन्छ भने आगामि दिन कसो हुने हो भन्ने पिर उतीकै सुनाउँछन् ।
असार–२ गते भएको अविरल बर्षका कारण गएको बाढि पहिरोले यो क्षेत्रमा ठुलो क्षती पुगेको छ । मध्यपहाडी लोकमार्ग तहसनहस देखिन्छ । गाँउ गाँउमा पहिरै पहिरो देखिन्छ । साना खहरेहरुले ठुलो क्षती पु¥याएको देखिन्छ ।
लोकमार्ग अवरुद्ध हुँदा सविकका ओयाम, फलैचा र च्याङथापु गाविसका बासिन्दा थुनिएका छन् । ताप्लेजुङका सिदिङवा गाँउपालिका बासिन्दापनि सडक नहुँदा थुनिएका छन् । सडक तहसनहस देखिन्छ भने हिड्ने बाटो नहुँदा पहिरोनै पहिरो प्रयोग गर्नु पर्ने अवस्था छ । बाध्यताले पहिरोमाथि जोखिमपूर्ण यात्रा भएको देखिन्छ । ओयाम बजार भन्दा केहि अगाडी रहेको पहिरो तर्दै गरेका एकहुल युवाहरु फाक्लुङ भन्ने गाँउका थिए । उनीहरु वार्डमा काम गर्न पशिना बगाउदै हिड्दै थिए । यि मध्येका रजिन राईले भने ‘बाटोको त कुरै नगरौँ । कतै रुखमा अडिएर, झण्डिदै आएका हौँ । बाटो हेरीसाध्ये छैन् । झण्डै गाँउनै बगायो ।’
रेजिनले भनेझै सडकमा पहिरो नै पहिरो रहेछ । कतै सडक बगाएको छ भने कतै पुरीएको छ । ओयाम बजार छेउकै खोलको पुल बगाएको छ ।
बाढि पहिरोका कारण यहाँ बासिन्दा विस्तापित भएका छन् भने धेरै ठाँउ जोखिमपूर्ण देखिन्थ्यो । सडक, विजुली, खानेपानी अवरुद्ध रहेको छ ।
तत्काल बाटो खुल्ने अवस्था छैन् । बाटो नखुले खाद्यान्नको अभाव हुँदै जाने देखिन्छ । बर्षा बढ्दै जादा राहत, उद्वारमा समस्या हुने देखिन्छ । स्थानिय सरकारले यो विपत्ति एक्लै सामना गर्न सक्ने अवस्थामा छैन् । तर प्रदेश र केन्द्र सरकारले आफ्नो ध्यान त्यहाँ पु¥याएको छैन् ।
‘यतिधेरै क्षती गर्यो अझै विवरण संकलन जारी छ । सबै वार्ड छुने मध्यपहाडी लोकमार्गका पुल र बाटो बगायो । बस्न नहुने गरि क्षती पुगेकाहरु सुरक्षित स्थानमा लगिएको छ । अझै धेरै जोखिम छ’ याङवरक गाँउपालिका अध्यक्ष भिमबहादुर योङया सुवासले भने ‘हिड्ने बाटो समेत छैन् । गाँउलेहरु आपतविपदमा पर्नु भएको छ । ५० परिवार भन्दा धेरै परिवारलाइ सुरक्षित स्थानमा लगिएको छ । सडक, पुल तथा कृषि क्षेत्रमा ठुलो क्षती पुगेको छ ।’
‘मुल सडक अवरुद्ध भएपछि यातायात ठप्प भयो । खाद्यान्नको समस्या सुरु भएको छ । विरामीलाई कसरी लैजाने भन्ने समस्या छ’ उनले भने ‘यो हाम्रो गाँउपालीकाको आपतकालीन अवस्था हो । तत्काल हामीले समस्या समाधान गर्न सक्ने अवस्था छैन् । प्रदेश र संघिय सरकारको सहयोग कुर्दै छौँ ।’
सडक आसपासका विभिन्न गाँउमा ठाँउ ठाँउ पहिरो गएको देखिन्थ्यो । सडक कहिले बन्ने भन्ने अन्योल देखिन्थ्यो । ओयाम खोला, फलाम खोला पुल बगाएको छ भने शिलशिलेमा रहेको पुलमा ठुला क्षती पुगेको छ ।
मध्यपहाडी लोकमार्ग तहसनहस भएपछि सो क्षेत्रको सडक सम्पर्क टुटेको छ । जताततै ठुला ठुला पहिरो गएको छ । यसले साविकका ओयाम, फलैचा, च्याङथापु र ताप्लेजुङको सिदिङबा गाँउपालीकाका बासिन्दा समस्यामा छन् । बैकल्पिक बाटो नहुँदा समस्या छ । हिड्ने बाटोपनि नरहेकाले बाध्यता हुनेहरु पहिरै पहिरो जोखिमपूर्ण यात्रा गर्दै छन् । सडक कहिले खुल्ने हो यकिन छैन् । सयौँ ठाँउमा पहिरो गएको छ भने खोला, खोल्सामा बढिले ठुलो क्षती पुगेको छ ।
‘स्थलगत अनुगमन गर्दा ठुलो क्षती पुगेको देखिएको छ । दुइवटा पुल पूर्ण रुपमा क्षती भएको छ । सडक खुलाउन समय लाग्ने देखिन्छ’ मध्यपहाडी लोकमार्गका आयोजना निर्देशक थानेश्वर खत्रिले भने ‘फिदिम कार्यालय र ठेकेदारलाई निर्देशन दिएको छु । सकेसम्म चाडो पहिरो खुलाउने प्रयास हुने छ । तर धेरै ठाँउ क्षती पुगेकाले समय लाग्छ ।’
ड्राइबर्सन बनाउने वा बेलिब्रिजका लागि प्रयास गर्ने उनले बताए । यतिनै दिनमा सडक खुल्छ भन्न नसक्ने उनको भनाई थियो ।
सडकको अर्को विकल्प छैन् । अनेकठाँउ सडक विग्रिएकाले केहि दिनमै खाद्यान्न संकट हुने सम्भावना देखिएको छ । स्थानियका अनुसार यति ठुलो विनाश यो क्षेत्रमा कहिल्यै भएको थिएन । विरामी हुँदा उपचार गर्न लैजान सक्ने अवस्थापनि छैन् । ‘घरमा आमा क्यान्सरको विरामी हुनुहुन्छ । थर्पुसम्म हिडेर गएर औषधी लिएर आएको छु’ बाटोमा भेटिएका जहरमान बेघाले भने ‘यो फलाम खोला तर्न निक्कै गारो छ ।’
दैनिक जसो पानि परिरहेको छ । तत्काल सडक खुलाउन कठिन हुने देखिन्छ । दुईवटा पुल बगाएकाले सरकारले तत्काल बेलिब्रिजको व्यवस्था गर्नु पर्ने स्थानियको माग रहेको छ ।
साझतिर पानी पर्न थालेको थियो । पहिरो भएर यात्रा गर्न डरसरी थिए । खुट्टा चिप्लीयो भने ज्यानै जाने अवस्था देखिन्छ । आयोम खोला, फलाम खोला, रिजाल भिर क्षेत्रमा निक्कै डरमर्दो अवस्था रहेको छ ।
विद्युत नहुँदा फोनमा पनि समस्या छ । विद्युतमा कति क्षती भयो अझै विवरण संकलनको काम भईरहेको छ । विद्युत कार्यालय पाँचथरका प्रमुख दिपक दाहालका अनुसार विद्युतमा कति क्षती भयो भन्ने विवरण संकलनको काम भईरहेको छ । विद्युत मर्मत गर्न अझै केहि दिन लाग्ने दाहालको भनाइ छ ।गाँउमा जताततै पहिरो देखिन्छ । खोलाहरु बढेका छन् । खेत बगाएका छ । अझै बाढि पहिरो बढ्नेहो कि भन्ने त्रास देखिन्छ ।
खेत, बारी, अलैचीमा कति क्षती भयो यकिन छैन् । ‘आरिले घोप्ट्याए जसरी पानी पर्यो, एकैछिनमा सत्यनाश गर्यो । माथि गाँउ गाँउमा हेरी साध्य छैन्’ स्थानिय बासुदेव चौहानले भने ‘बर्खा भरखर सुरु हुदैँ छ, अब के हुने हो, के हुने हो ?’
ताप्लेजुङको सिदिङवाका विभिन्न गाँउका बासिन्दापनि हिड्दै गरेको भेटिए । पहिराले बिच बिचमा गाडी रोकिएका छन् ।
सो क्षेत्रमा विस्तापितलाई राहत अझै पुगेको छैन् । विस्तापितलाई राहत, जोखिममा परेकालाई तत्काल स्तान्तरण गर्नु पर्ने देखिन्छ ।