बिष्णु अधिकारी
पाँचथर- फिदिम नगरपालिकाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि निःशुल्क शिविर चलाउने भएको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै नगर क्षेत्रका महिलालाई शिविरमा पाठेघरको क्यान्सर परिक्षण गराएर लाभ लिन अनुरोध गरेको छ ।
शिविरमा पाठेघरको मुखको क्यान्सर जस्ता प्रजनन स्वास्थ्य रुग्णता स्क्रिनिङ तथा पहिचान गरि स्वास्थ्य परामर्श र औषधी वितरण गरिने नगरप्रमूख मित्रप्रसाद काफ्लेले जानकारी दिए। नगरपालिकाले नगर क्षेत्रका महिलामा हुने पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच गर्ने उदेश्यले शिविर सञ्चालन गर्ने भएको हो ।
उहाँका अनुसार जेठ ९ गते शुरु हुने शिविर १३ गते सम्पन्न हुनेछ । जस अनुसार पहिलो दिन जेष्ठ ९ गते लुङरुपा स्वास्थ्य चौकी फिदिम १४, दोस्रो दिन जेष्ठ १० गते नांगीन स्वास्थ्य चौकी फिदिम १२र तेस्रो दिन,११ गते रानिटार स्वास्थ्य चौकी फिदिम ८ साथै १३ र १४ गते जिल्ला अस्पतालमा शिविर सञ्चालन गर्ने कार्यक्रम तय भएको फिदिम नगरपालिका स्वास्थ्य शाखा प्रमूख ओमप्रकाश यादवले जानकारी दिए ।
शिविरको व्यवस्थापन फिदिम नगरपालिकाको कोषबाट सम्पुर्ण खर्च हुने छ। शिविरमा ३० देखि ४० वर्ष उमेर समूहका १ हजार महिलाको परिक्षण गर्ने लक्ष्य नगरपालिकाको रहेको छ ।
फिदिम नगरपालिकाले पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क शिविर चलाउने
फिदिम नगरपालिकाले पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क शिविर चलाउने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस