पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले अनुमति नलिएका र लेभल नभएका कटन क्यान्डी (मिठाई) प्रतिबन्ध गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा यस्ता कटन क्यान्डीमा ‘रोडामाइन बी) नामक अखाद्य रंग फेला परेकाले प्रशासनले यस्ता वस्तु उपभोग नगर्न/नगराउन जिल्लाबासीमा आग्रहसमेत गरेको छ ।
अहिले बजारमा विभिन्न रंगका कटन क्यान्डी विक्री भइरहेको पाइएको छ । बालबालिकालाई लक्षित गरी बनाइएका यस्ता क्यान्डी आकर्षक बनाउन रंग प्रयोग गर्नेगरेको देखिएको छ ।





