पाँचथर । पाँचथर तीन वडा बाहेका सबै वडाहरु ग्रामीण क्षेत्रमारहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । पाँचथर जिल्लाका ६० वटा वडाहरुमध्ये ३ वटा वडा शहरी क्षेत्रमा परेका छन् । बाँकी सबै वडा ग्रामीण क्षेत्रमा परेका छन् ।
तथ्यांकअनुसार फिदिम १ र २,४ बाहेकका सबै वडाहरु ग्रामीण क्षेत्रमा परेका छन् । ११ औँ राष्ट्रिय जनगणना २०७८ को पुरक प्रतिवेदनका रुपमा राष्ट्रिय तथ्यांक कार्यालयले सहरी र ग्रामीण क्षेत्र र त्यहाँको जनसंख्यासहित सार्वजनिक गरेको प्रतिवेदनले त्यस्तो देखाएको हो ।
प्रतिवेदनमा नेपाललाई सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्र गरेर वडागत वर्गीकरण गरिएको छ । भू-उपग्रहबाट प्राप्त चित्र र पछिल्लो जनगणनाबाट प्राप्त तथ्यांकलाई समायोजन गरी वैज्ञानिक विधिबाट वर्गीकरण गर्दा यस्तो पाइएको छ ।





