पाँचथर– माघ–११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कोशि प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौला सहित सत्तारुढ गठबन्धनले भोट माग्न सुरु गरेको छन् ।
सिटौला सहित नेकपा (माओवादी) केन्द्रकी चम्पादेवि कार्कीले सदरमुकाम फिदिमबाट भोटमाग्न सुरु गरेका हुन् । पाँचथर र ताप्लेजुङ स्थानिय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सांसदसँग आईतवार फिदिममा भोट माग्ने कार्यक्रम राखिएको थियो ।
जनप्रतिनिधिहरुसँग भेटघाट गरेका सिटौलाले सम्बन्धलाई नजिक बनाउन जिल्ला जिल्लामा निस्किएको बताएका थिए ।
नेपाली कांग्रेस, नेकपा (माओवादी), नेकपा एस सहितका नेताहरु यसरी भोटमाग्न निस्किएका हुन् । राष्ट्रिय सभाको वेटिङ अध्यक्षको रुपममा सिलौटाको भोट मागिदै छ । गठबन्धन सम्बद्ध पार्टिका पाँचथरमा १३ र ताप्लेजुङमा १२ स्थानिय तहका जनप्रनिधि छन् ।
सत्तारुढ गठबन्धनका जनप्रतिनिधिलाई भेटेका थिए । प्राप्त उपलब्धिहरु संस्थागत गर्नका लागि गठबन्धन गरिएको बताएका सिटौलाले जनप्रतिनिधसँगको सम्बन्ध घनिष्ट बनाउन खोजीएको बताएका थिए ।
कोशि प्रदेशको नामाकरणलाई बार्ताका माध्यमबाट समाधान गर्ने सिटौलाले बताए । ‘प्रदेशको नामाकरणको विवाद वार्ताका माध्यबाट समाधान गठबन्धले गर्ने छ । त्यत्रो द्वन्द्वत समाधान गर्यौ, अब नामाकरणको विवादको बिषय पनि मिलाउछौँ’ सिटौलाले भने ‘भोट जित्कालागिमात्र गठबन्धन बनेको होइन लोकतन्त्रले केहि दिएन भन्नेहरुलाई जवाफ दिइरहेका छौँ ।’
संविधान जारीभएर चुनाव भएछ पहिलो पाँच बर्षले के दियो दिएन भन्ने विषय छर्लङ रहेको उनले बताए । केपि ओलीलले सबैका सरोकारलाई सम्बोधन गर्न सकेको भए मुलुकले फड्को मार्न सक्ने भएपनि त्यसो गर्न नसेको आरोप समेत लगाए ।
संघियतासँग सम्बन्धी कानुन नबन्दा संघियताले राम्रो काम गर्न नपाएको उनको भनाई थियो । ‘संघियतासँग जोडिएका कानुन बनेन् । संविधानले दिएका अधिकार प्रदेशले प्रयोग गर्नै पाएन’ उनले भने ‘द्रुत गतिले कानुन निर्माण गरेर जानु छ । यसमा हाम्रो भुमिका रहने छ ।’