पाँचथर– केहि समय अघि निक्कै चर्चा बटुलेका प्रतिनिधि सभा सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्मा यतिबेला नेपाली कांग्रसका कार्यकता भेट्दै कोशिका पहाडी जिल्ला घुमिरहेका छन् ।
उनी एक्लै नभिई विभिन्न जिल्लाका नेताहरु लिएर पहाडि जिल्लामा पार्टिका कार्यकताहरुसँग घुमिरहेका छन् । नेतृत्वको चर्को आलोचना गरिरहेका शर्मा आफ्नो राजनीतिक भविष्यको फैलावट गर्नका लागि यसरी हिडिरहेका हुन सक्ने अनुमान भईरहेको ।
नोबेल मेडिकल कलेज, काठमाण्डौँ मेडिकल कलेज लगायतका विभिन्न स्वास्थ्य प्रतिष्ठानका सञ्चालन शर्मा आफू विशुद्ध राजनीतिक अभियानमा निस्किएको बताउँछन् । सरकारको चर्को आलोचना गरिरहेका उनी देश भष्ट्रचारले डुवाएको बताउँदै छन् ।
भोजपुर, धनकुटा, सखुवासभा, तेह्थुम हुदै पाँचथर आईपुगेका शर्माले बाक्लो गरी पार्टि नेता कार्यकर्ता, पाटिवाट निर्वाचित जनप्रतिनिधिसँग भेटगरेका छन् भने साना साना कार्यक्रम आयोजना गरि कार्यकतालाई सम्बोधन गर्दै छन् । ‘मुलुकमा भष्ट्रचार धेर भयो । पार्टिभित्र पनि व्यथिति छन् । सबैपार्टिमा हेर्योभने केहि नेताहरुले पार्टि कब्जा गरेर बसेकाछन । चारपाँच जनाले म्युजिकल चेयर जस्तो कुर्सि लिईरहेका छन्’ शर्माले भने ‘देशमा अनेकन काण्ड भईरहेका छन् । हाम्रोपार्टि सरकारमा छ । हामीलाई थाहा छैन् भनेर उम्किन पाईदैन् । नेपालका सिस्टमनै कब्जा गरेर भष्ट्रचार भईरहेको छ ।’
आफ्नै पार्टिका मन्त्रीहरुको चर्को आलोचना गरिरहेका उनी भष्ट्रचार विरुद्ध आवाज चर्को बनाउन अभियानले साथ दिने बताउने गरेका छन् ।
आफू महासमिति सदस्यमात्र भएपनि विभिन्न जिल्लाका जिल्ला सभापति, निर्वातमान तथा पूर्व सभापति र अन्यकार्यकर्ता लिएर हिडिरहेका छन् । विहिवार साझ ताप्लेजुङ पुगेर कार्यकर्ता भेटघाटको गर्न पुग्ने शर्माको फर्किदा इलाममा पनि कार्यक्रम रहेको छ ।
पार्टि नेतृत्व र सरकारको चर्को आलोचना गरिरहेका छन् । उनीसँग भोजपुरका कांग्रेस सभापति विनोद राई, धनकुटाका सभापति दिनेश राई, तेह्थुम सभापति अर्जुन तुम्बाहाफे, पाँचथर सभापति रुपनारायण जवेगु, तेह्थुमका निर्वतमान सभापति गोविन्द ढुङ्गाना, पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ सहितका नेताहरु रहेका छन् ।
‘पार्टिभित्रपनि मेरापनि केहि न केहि अपेक्षा छन् । समय आएपछि थाहा हुन्छ । देशभरका सबै निर्वाचन क्षेत्र घुम्ने अभियान बनाएका छु । भष्ट्रचार र बेथति विरुद्ध बोल्ने छौँ । न्यायधिस नियुक्ति नेताको गोजिबाट भएपछि कसरी न्याय पाईन्छ’ उनले भने ‘कांग्रेसका साथीहरुसँग भेटेर उहाँहरुको कुरा राख्ने र आफ्ना कुरा सुनाउने काम गरिरहेको छु’ शर्माले भने ‘कार्यकर्ताले पार्टि टिकाई दिईरहेका छन् । केन्द्रका केहि नेताहरुका कारण शिर झुकिरहेको कार्यकर्ताको भनाई छ । हामी मिसन टुढेमा छौँ ।’
नेताहरु लिएर किन घुम्दैछन् सुनिल शर्मा
नेताहरु लिएर किन घुम्दैछन् सुनिल शर्मा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस