पाँचथर– सरकार परिवर्तन गर्नु पर्ने अवस्थामा पुगेको नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले बताए छन् । आफूले सरकार परिवर्तनका लागि पहल थालेको बताएका छन् ।
पाँचथर सदरमुकाम फिदिममा नेपाल प्रेश युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोईरालाले देशमा चौतर्फी अराजकता फैलिएकाले सरकार परिवर्तन गरि काग्रेसको नेतृत्वमा सरकार बनाई अभिभावकत्व दिनु पर्ने अवस्था आएको बताएका हुन् । ‘प्रधानमन्त्रीले मन्त्रीहरुको रिर्पाट कार्ड माग्नु भएको छ । म प्रधानमन्त्री जीको रिर्पाट कार्ड माग्छु’ कोईरालाले भने ‘प्रधानमन्त्री आफैले काम गर्न नसकेको बताउन थालका छन् । अहिले जनता आक्रोसित, निरास छन् । त्यहिभएर गणतन्त्र, संघियता र समावेशितलाई आक्रमण गरिरहेका छन् । यो आक्रमण गणतन्त्र, संघियता प्रति नभई सबैदलको नेतृत्व प्रतिको आक्रमण, निरासा, आक्रोस हो’ काईरालाले भने ‘यो सरकार परिवर्तन गर्नु पर्ने नै भएको छ । कांग्रेसको नेतृत्वमा सरकार आयोभने जनतालाई भरोस दिलाउन सकिन्छ ।’
ससदिय दलमा बहुमत नभएकाले दलको नेता परिवर्तन गरेर आफू प्रधानमन्त्री हुने अवस्था नरहेको कोईरालाको भनाई थियो ।
एनसेल पनि अरु काण्डजस्तै सामसुम बनाउन खोजिएको आरोप लगाए । माथिल्लो तहमा व्याक्ति जोडिएपछि काण्ड सामसुम बनाईने गरेकाले एनसेलमा पनि यस्तै हुन सक्ने शंका गरे । ‘नेता, कर्मचार र व्यापारी नमिली ठुला ठुला भष्ट्रचार हुन सक्दैन । मुल सफा हुँदा सबैथोक ठिक हुने हो तर मुलनै सफा छैन्’, उनले भने ।
बैँकहरु अर्का मिटर ब्याजी
बैँकहरु पनि मिटर ब्याजिनै भएको आभाष हुन् थालेको कोईरालाले बताए । ‘मिटर ब्याजीका विरुद्ध त कानुन बनायौँ, बैककालागि पनि बनाउने दिन आएको छ’ उनले भने ‘बैँकमा पैसा छ, मान्छेले लोन लिन डराईरहेका छन् ।’
‘नेपालमा दुर्भाग्य के भएको छ भने बैँकर, उद्योग व्यवसायी एउटै छन् । एउटै व्याक्ति बैँक चलाउछ, उद्योग चलाउछ, इन्सोरेन्स चलाउछ । नेपालमात्र एउटा देश होला यस्तो भएको । यो सबै कुरालाई परिवर्तन नगर्ने हो भने थप ठुलो समस्या आउछ’ उनले भने ।
सरकार ढाल्नैपर्ने भयो ः शेखर कोईराला
सरकार ढाल्नैपर्ने भयो ः शेखर कोईराला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस