पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानका यात्रुले आकस्मिक ढोका खोला पछि उडान प्रभावित भएको छ ।
बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।
यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।
ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।


 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

