पाँचथर । तेस्रो संस्करणको मुख्यमन्त्री नक आउट फुटबल प्रतियोगिता ओखलढुंगामा हुने भएको छ । आयोजक कोशी प्रदेश खेलकुद विकास बोर्डले बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी असार ४ देखि ९ गतेसम्म ओखलढुंगा खेलकुद विकास समितिको संयोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए । प्रतियोगिता विजेताले नगद २ लाख र उपविजेताले १ लाख नगद राशिको पुरस्कार पाउनेछन् ।फेयर प्ले टिमले नगद १० हजार र विधागत रुपमा उत्कृष्ट हुनेले जनही ५-५ हजार नगद पुरस्कार पाउने बताइएको छ ।
पाँचथरको पहिलो खेल सुनसरी सँग
प्रतियोगितामा पाँचथरले पहिलो खेल असार ५ गते सुनसरी सँग खेल्ने छ । पहिलो खेलनै बलियो सुनसरी सँग परेको पाँचथरको तयारी भने खासै गतिलो छैन् । खेलकुद विकास बोर्डले खेलको आयोजनानै हतारमा गर्दा पहाडी जिल्लाहरुको तयारी राम्रो हुन नसकेको हो । पर्याप्त समय नहुँदा र खेलाडीहरुलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण गराउने रमक समेत अभाव हुँदा टिम निर्माणमा समस्या भएको पाँचथरका फुटबल प्रशिक्षक पासाङ तामाङले केन्जो खबर लाई जानकारी दिए ।
पाँचथरको टिम :
गोल किपर : मिराक खजुम, सुरेश गुरुङ
डिफेन्स : मनिष फुयल,पुष्कर काम्बाङ,प्रकाश रसाइली,बिदेश आङदेम्बे, रुपेश गुरुङ
मिडफिल्डर : जमिन लक्सम,ऋतिक आङदेम्बे,अतित आङबो,हेमराज आङदेम्बे,हेमन्त दर्नाल,मिहाम नेम्बाङ
फर्वाड : निर्देश राई,रुपेन आङदेम्बे,बिनोद आङदेम्बे,प्रबिण जबेगु,दिनेश शेर्मा