पाँचथर । फोटो पत्रकार महासंघ पाँचथरले शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरी ९६ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस मनाउँदै मनाएको छ ।
बिक्रम सम्बत १९८४ मा आजकै दिन गोरखापत्रमा प्रथमपटक फोटोसमाचार छापिएको थियो । विरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरुले वैशाख १३ गतेको दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् ।
फोटो पत्रकारहरुको संस्था फोटो पत्रकार महासंघ पाँचथरले आज फिदिममा एक कार्यक्रमको आयोजना गरि यो दिवस मनाएको छ। पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाको प्रमुख आथित्यमा महासंघले दिवस मनाएको हो । कार्यक्रममा पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरराज बाँस्कोटा, पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष प्रेम ओझाले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा फोटो पत्रकार महासंघ पाँचथरका केन्द्रिय पार्षद सरोज शर्माले स्वागत गरेका थिए । फोटो पत्रकार महासंघ पाँचथरका अध्यक्ष भवानी तावाको अध्यक्षतामा कार्यक्रम समापन्न भएको थियो ।