पाँचथर ।पाँचथरकाे फिदिम नगरपालिकाकास्थित फेवादिनकाे चम्पेटारमा अहिले बिहान मे १ ज २९५८ नम्बरकाे पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु भएकाे मानिसकाे सनाखत हुन बाँकि रहेकाे छ ।
फालेलुङबाट फिदिमतर्फ आउदै गरेको पिकअप दुर्घटनामा परेकाे बताइएको छ। पाँचथर प्रहरीका अनुसार दुर्घटनामा परी चालक सहित ४ जना घाइते भएका छन्।
उनीहरूलाई उपचारका लागि पाँचथर अस्पताल लगिएको छ। घटनाकाे विस्तृत विवरण आउन बाँकि छ ।