फिदिम । फिदिम नगरपालिका ४ जोरसालमा क्रियापुत्री बसेको घरमा आगलागी भएको छ । जोरसालमा दिन्ननाथ सापकाेटा घरमा ग्यास लिक भएर आगलागी हुदा तीन जना घाइते भएका छन् । क्रियापुत्री पराल ओछ्रयाएर बसेको अवस्थामा आग्लागी हुँदा घाइते भएका हुन । आगलागीबाट दिन्ननाथ सापकाेटा कि ७२ वर्षिय आमा तनमाया सापकाेटाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । आगलागीबाट दिन्ननाथ सापकाेटाको बायाँ हात र खुट्टामा चोट लागेको छ । उनको भाईका दाँया हातमा आगो लागेर चोट लागेको छ । आगलागीबाट अन्य क्षती भने नभएकाे विश्वकर्माले जानकारी दिए । तीनै जनाको उपचार जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि धरान रिफर भएकाे विश्वाकर्माले जानकारी दिए । दिन्ननाथ सापकाेटाकाे बुबाको निधन आज दिउसो भएको थियाे ।
                        
                           पाँचथरमा क्रियापुत्री बसेका घरमा आगो लागे पछि………. 
                        
                     
                     	
                     पाँचथरमा क्रियापुत्री बसेका घरमा आगो लागे पछि……….
तपाईको प्रतिक्रिया
         संबन्धित शिर्षकहरु
         
         यो पनि हेर्नुहोस 
         
         

 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

