पाँचथर– फिदिम नगरपालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता खलङ्गाटार माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको छ ।
विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्लेले उद्घाटन गरे । प्रतियोगितामा नगरपालीका भरीका ११ विद्यालयको सहभागिता रहेको छ । नगरपालीकामा २४ माध्यमिक विद्यालय भएपनि ११ विद्यालयकोमात्र सहभागिता रहेको हो ।
प्रतियोगिता मार्फत विभिन्न विधामा जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट हुने छन् । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
उद्घाटन समारोहमा नगरउपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख जिल्ला अधिकारी गणेश गैरे सहित विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख शुभकामना मन्तव्य राखेका थिए ।