पाँचथर । प्रजातन्त्र दिवसको अवसरमा भएको मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ ११ लाई २ -१ ले हराउदै सिडियो ११ विजयी भएको छ ।
आइतबार सिद्धदेवि माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा पाँचथरका कार्यालय प्रमुखहरुको टिम सिडिओ ११ विजयी भएको हो । सिडिओ ११ जितका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र जिल्ला शिक्षा समन्वय इकाई प्रमुख युगमणी सवेहाङले गोल गरेका थिए । पत्रकारहरुको टिमबाट निरोज लिङदेनले गोल फर्काएका थिए ।
मैत्रीपुर्ण खेलमा फिदिम नगरपालिकाका नगरप्रमुख मित्र प्रसाद काफ्ले,उपप्रमुख राधाकृष्ण न्याैपाने र फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे अतिथिकारुपमा उपस्थित रहेका थिए ।