पाँचथर । प्रेस चौतारी पाँचथरले सोमबार एक कार्यक्रमका आयोजना गरि आफ्नो रजत जयन्ती मनाएको छ । पत्रकार महासंघ पाँचथर शाखाको सभाहलमा रजत जयन्ती मनाएको हो ।
प्रेस चौतारी पाँचथरले रजत जयन्तीको अवसरमा संस्थापकहरुको स्मृतिमा पाँच लाख राशिको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । संस्थापक सह-संयोजक चन्द्र पोखरेल र सदस्य राम समथिङको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषण गरेको हो । कोषको बार्षिक व्याजबाट दुई जना पत्रकारलाई पुरस्कृत गर्ने चौतारीले जनाएको छ । उक्त पूरस्कारको नाम रामचन्द्र पत्रकारिता पुरस्कार रहने प्रेस चौतारी पाँचथरका अध्यक्ष रबिन्द्र काफ्लेले जानकारी दिए ।
उक्त कार्यक्रमको अवसरमा चौतारीले शाखाका पूर्व अध्यक्ष युधिष्ठिरराज आमगाई, नारायण तुम्बापो र पूर्व सचिव नवराज घिमिरेलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले कदर-पत्र प्रदान गर्दै दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरेका हुन् ।
तुलसी थापा, शान्तिदेवी राई, दिलकुमारी तामाङ, रमेश थापा, सागर खनाल र सहमान विश्वकर्मालाई बधाई सहित प्रमाणपत्र प्रदान गरिएको हो ।