पाँचथर । पार्टीको आन्तरीक राजनितिमा सफल र संसदीय चुनाबमा खासै सफल हुन नसकेका नेता हुन् कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे । पाँचथरमा गठबन्धनकोतर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार आङदेम्बे अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
पाँचथरका गाउँगाउँमा आङदेम्बे प्रत्यक्षमा मेरोलागी तपाईको अन्तिम भोट,जनसेवा र जिल्लाको समुन्नतिमा मेरो अठोट भन्दै भोट मागी रहेका छन् । यस पटक जितेर आफु राम्रो मन्त्रालय लिदै पाँचथरको विकास गर्ने र अर्को पटक युवालाई अवशर दिने भन्दै आङदेम्बे भोट मागिरहेका छन् ।
२०५६ सालबाट पाँचथरमा कांग्रेसकको तर्फबाट उम्मेद्धार बन्दै आएका आङदेम्बे एक पटक मात्र निर्वाचित भएका छन् । २०३६ साल देखि नेविसंघ मार्फत नेपाली कांग्रेसको राजनितीमा सक्रिय रहेका आङदेम्वे नेविसंघका केन्द्रिय सदस्य ,तरुण दलको केन्द्रिय सदस्य हुदै नेपाली कांग्रेसको केन्द्रिय महामन्त्री बनेका हुन् ।
आङदेम्वे तत्काली नेपाली कांग्रेस प्रजातन्त्रिक को ११ महाधिवेशन वाट केन्द्रिय सदस्यमा निर्वाचित वने । पार्टि एकिकरण पछि भएको वाह्रौ अधिवेशनमा पनि उनि केन्द्रिय सदस्य भए । पार्टीको आदिवासी जनजाती विभागका प्रमुख समेत रहेका थिए । तेह्रौ अधिवेशनमा पनि उनि केन्द्रिय सदस्य भए । २०७८मा भएको पार्टीको अधिवेशनमा पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । जिल्लामा उनको समकालीन नेताहरुमा ठुलो पार्टीबाट केन्द्रीय पदाधिकारीमा निर्वाचित जिल्लाका पहिलो नेता समेत हुन् ।
आङदेम्वे युवा पुस्ताका प्रभावशाली नेताको रुपमा परिचित छन् । आङदेम्बे २०७४ सालमा भएको निर्वाचनमा वामगठबन्धका उम्मेद्धार बसन्तकुमार नेम्बाङ संग १० हजारमतले पराजित भएका थिए । २०७४ सालमा पराजित भिष्मराज आङदेम्बेको राजनीतिक पहिचान पनि यो पटक फेरिएको छ । पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
२०५६ सालमा पहिलो पटक संसदमा कांग्रेसको तर्फबाट उठेका आङदेम्बे नेकपा एमालेका डम्बरसिं सम्हाम्फे सँग पराजित भएका थिए । २०६४ मा भएको पहिलो संविधान सभाको चुनाबमा पनि नेकपा एमालेका डम्बरसिं सम्हाम्फे सँग पराजित भएका थिए । २०७० मा भएको दोश्रो संविधान सभाको चुनाबमा एमालेका डम्बरसिं सम्हाम्फेलाई पराजित गरेका थिए । २०७० सालमा उक्त क्षेत्रमा कांग्रेसलाई ५५ वर्ष पछि जिताउदै आङदेम्बेले इतिहास निर्माण गरेका थिए । उक्त क्षेत्रमा २०१५ सालमा कांग्रेसका प्रेमराज आङदेम्बेले जिते यता कांग्रेसले जित्न सकेको थिएन् ।
२०७४ सालको संघीय चुनावमा एमालेका नेम्बाङले फराकिलो मत अन्तरले कांग्रेसका आङदेम्बेलाई पराजत गरेका थिए । नेम्बाङले ३८ हजार ६ सय १६ मत पाउँदा आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गरेका थिए । दुई नेताबीच १० हजार ५ सय ८१ मतान्तर थियो ।