फिदिम । पाँचथर जिल्लाको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको स्थानिय तहको निर्वाचनको मत गणना जिल्ला समन्वयन समितिको सभा हलमा धमाधम भैरहेको छ ।
१,२,३, ४,५ र १२,१३,१४ र ६ को ६११ को मत को मतगणना कांग्रेसका मेयरका उम्मेद्धार मित्रप्रसाद काफ्ले ७ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पृथ्वी लावती ७ हजार १ सय ७७ मत प्राप्त गरेका छन् । प्रमुख पदमा ५ सय ७२ मतको अन्तर देखिएको छ ।
त्यस्तै उपमेयर तर्फ गठबन्धन माओबादी केन्द्रका राधाकृष्ण न्यौपानेले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् ।
नेकपा एमाले सत्ता साझेदारी राप्रपाका जगत थापा मगरले ४ हजार ८ सय ९१ मत प्राप्त गरेका छन् । फिदिम नगरपालिकामा उपमेयर तर्फ १ हजार ९ सय ६६ को मत अन्तर देखिएको छ ।