पाँचथर ।प्रदेश नम्बर एकका आन्तरीक मामिला तथा कानुन मन्त्रि केदार कार्किले प्रदेश नम्बर एककाे नामाकरण एमालेकाे सहयाेग बिना सम्भव नभएकाे बताएका छन् ।
पाँचथर सदमुकाम फिदिममा भएकाे पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् । प्रदेश सरकारले प्रदेशकाे नामाकरणकाे विषयमा छलफल सुरू गराएकाे र सरकारलाई नामाकरणमा एमालेले सहयाेग गर्नेमा ढुक्क रहेकाे बताए ।
नामाकरणकाे लागि सरकारले फाल्गुन १० गते सर्वदलीय बैठक बाेलाएकाे र सरकार प्रदेशकाे नामाकरणमा गम्भिर भएकाे बताए । नामाकरण सबैकाे सराेकारकाे विषय भएकाे र सबैले साथ दिनु पर्ने बताए । अघिल्लाे सरकारले ३ वर्ष सम्म नामाकरणकाे विषयमा छलफल समेत नगर्दा नामाकरण नभएकाे बताए ।
प्रदेश नम्बर एककाे नाम सबैले स्विकार गर्ने र बहुल समुदाय र नागरिकहरूलाई समेटने गरि नामाकरण हुने उनले बताए ।