काठमाण्डाैं ।नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना अझै सकिएको छैन।कांग्रेस निर्वाचन समितिका अनुसार अब खसआर्य र जनजाति आदिवासी केन्द्रीय सदस्यतर्फका मत गनिसक्न मात्र बाँकी छ।खसआर्यतर्फ १७ सय र आदिवासी जनजातितर्फ २५ सय मत मात्र गन्न बाँकी रहेकाे समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
‘त्यो पनि हामी गन्न थालिसक्यौं’, सचिव श्रेष्ठले केही बेरअघि नेपालखबरसँग भने, ‘आज अपराह्न ५ बजे सक्छौं।’दलिततर्फ पुरुष ५ र महिला ४ केन्द्रीय सदस्यको मतगणना बुधबार राति सकिएको छ।अब खसआर्य र जनजाति आदिवासीतर्फ गणना सकिएपछि मतगणना पूरा हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
सभापति, उपसापति २, महामन्त्री २, सहमहामन्त्री ८ र १२१ केन्द्रीय सदस्य गरी १३४ पदका लागि गत मंसिर २७ गते काठमाडौंमा चुनाव भएको थियो।