साफ च्याम्पियनसीपको उपाधिका लागि शनिवार भारतसँग भिड्दै नेपाल

काठमाडौं । साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। बुधवार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेको थियो।