पाँचथर । बाढी पहिरोले पाँचथर आक्रान्त छ। पाँचथरको याङवरक,फिदिम,हिलिहाङ,फालेलुङ र फिदिम लगायत क्षेत्रको जनजीवन बाढी पहिरोका कारण कष्टकर बनिरहेको छ । सयौं घर पुरिएका छन् । बाटो अवरुद्ध छ। मेचि राजमार्गमा पर्ने पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलाको पुल बगाए सँगै मेचिराजमार्गको पाँचथर ताप्लेजुङ सडकखण्डमा पनि सडक ठप्प भएको छ।
पहिरोले हेवाखोला पुलनै बगाएको छ। पुल बगाए पछि पाँचथरका ३ गाउँपालिका र छिमेकी जिल्ला ताप्लेजुङमा राहात समाग्री ढुवानी गर्न समस्या परेको छ। अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहज बनाउन हेवा खोलामा अस्थाइ तुइन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए । बुधबार जिल्ला प्रशासन कार्यालय पाँचथर, स्थानीय तह, सुरक्षा निकायहरु, उद्योग वाणिज्य संघ पाँचथर लगायत स्थानीय मानिसहरुको समन्वयमा हेवाखोलामा अस्थायी रुपमा तुइन को निर्माण गरिएको खतिवडाले जानकारी दिए ।
तुइनबाट आजै याङवरककाे च्याङथापुमा ३५ बोरा चामल , ५ कार्टुन तेल, ३ बोरा दाल, १०० प्याकेट चिउरा, २ बोरा नुन , न्युटोला ४ बोरा, १० थान त्रिपाल लगायत खाद्यान्य तथा अत्यावश्यक राहतका समाग्रीहरु पठाइएको खतिवडाले जानकारी दिए ।