पाँचथरको फिदिममा बैंकर्स एसोसिएसन र नेपाल प्रहरि पाँचथरको आयोजनामा अनलाईन ठगी सम्वन्धि चेतनामुलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
ठगी बढेसङ्गै जनतालाई सचेत गराउने उद्देश्यले प्ले कार्ड सहित बजार परिक्रमा गरेको हो । फिदिम बजारको हस्पिटल चौकबाट सुरू भएको र्यालि बजार परिक्रमा गरि पुनः हस्पिटल चौकमा गएर कार्यक्रम समापन भएको थियो।
र्यालिमा बैकर्सका कर्मचारी लगायत नेपाल प्रहरीको सहभागिता भएको थियो । कार्यक्रममा नेपाल प्रहरी र बैकर्स गरेर ७० जनाको उपस्थिति रहेको थियो। कार्यक्रम बैकर्स पाँचथरका अध्यक्ष रूपेश पर्सैलाको अध्यक्षतामा सम्पन् भएको बैकर्सका सचिब गोपाल पौडेलले जानकारि दिए।
अनलाईन ठगी सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न।
अनलाईन ठगी सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस