धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् । ब्यास गाउँपालिका-४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए ।
खबर प्राप्त भएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको बताउँदै प्रहरी निरीक्षक मगरले आवश्यक परेमा जिल्लाबाट समेत थप प्रहरी पठाइने बताए ।