पाँचथर । फिदिम बजारमा भित्र अव्यस्थित रुपमा रहेका तारहरु एक साता भित्र ब्यवस्थित गरिने फिदिम नगपालिकाले जनाएको छ ।
आइतबार फिदिम नगरपालिकाले विद्युत् सहकारी, नेपाल टेलिकम, केबल प्रदायक र बिभिन्न इन्टनेट प्रदायकहरु संग छलफल गरी अव्यस्थित रुपमा रहेका तारहरुलाई एक साता भित्रमा ब्यवस्थित गर्ने सहमती भएको फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले जानकारी दिए ।
फिदिम बजार भित्र अव्यवस्थित रहेको तारहरुले फिदिम बजारलाई कुरुप बनाएको र फिदिम बजारको सौन्दर्यकरणका लागि पुराना तारहरुलाई ब्यवस्थित गर्न लागीएको काफ्ले जानकारी दिए ।