पाँचथर । नेपाल फोटो पत्रकार महासंघ पाँचथरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रथम जिल्ला अधिवेशनबाट भवानी तावाको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरिएको छ । आइतबार फिदिममा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनबाट तावाको अध्यक्षयतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा सन्देश सुब्बा, सचिवमा दिपक बोहोरा , सह-सचिवमा इवारा जबेगु तथा कोषाध्यक्षमा रबिन तिम्सिना रहेका छन् । त्यस्तै, सदस्यहरुमा रमेश थापा, नबिन मिश्र, मदन मुच्र्छना , डेविट ओझा, प्रज्जवल बाँस्कोटा, पवन अधिकारी, शर्मीला मुखिया र शंकर आत्मा चयन भएका छन् । सराेज शर्मा र रबिन्द्र काफ्लेलाइ केन्द्रिय प्रतिनिधिमा छनाेट गरीएकाे छ ।
यसअघि तदर्थ समितिका अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा उद्घाटन समारोहमा भएको थियो ।