पाँचथर । सदरमुकाम फिदिम बजारमा रहेको गणेशमान सिंह सामुदायिक हस्पिटलमा एक सुत्केरी महिलाको आइतबार मृत्यू भएको छ ।
फिदिम नगरपालिका वडा नं. ०६ सिवाकी १९ बर्षिया करिना फागो (तुम्रोक) को आईतबार विहान २ः३० बजे मृत्यु भएको अस्पतालले बताएको छ ।
शरिरमा रगतको मात्रा कम हुदा थप रगत दिइएको त्यसपछि रक्तश्राव समेत रोकिएको तर अचानक प्रेशर घटन थालेकोे उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसलाइ मेडिकल भाषामा PPH भइ ARDS मा गएका कारण भएको मृत्यु भनिने चिकित्सकले बताएका छन् ।
श्रावण २१ गते विहान २ बजे अस्पताल भर्ना भएकी उनको २१ गते विहान ८ बजे नर्मल डेलिभरी भएको थियो । दिउसो आफन्तहरु सबै संग भेटघाट गरेकी करिनाको बेलुका स्वाथ्य अवस्थामा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक ले बताए ।
आईतबार दिउसो मध्यान्न सम्म मृतकको शव अस्पतालमानै रहेको छ । पिडित पक्षले अस्पताल प्रशासन संग छलफल गरि शव बुझ्ने जनाएको छ ।




