तेह्रथुम । छथर गाउँपालिका–५ ओख्रे ठकुरीगाउँमा छोराले आफ्नै बुबालाई मुसल प्रहार गरी हत्या गरेका छन् । २४ वर्षीय छोरा टंक भण्डारीले ५३ वर्षीय बाबु भक्तहादुर भण्डारीलाई पिठो कुट्ने मुसल प्रहार गरी मंगलबार हत्या गरेका हुन् ।
मुसल प्रहारबाट गम्भीर घाइते भएका भक्तबहादुरको उपचारका क्रममा छथर उस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।
मृतकको शव पोर्टमाटमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । बाबुको हत्यापछि छोरा टंक फरार रहेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण छोराले बावुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।