ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतले पहिलो पटक ‘महिला जिल्ला न्यायाधीस’ पाउने भएको छ। न्याय परिषद्ले गरेको सरुवा सिफारिस अनुसार ताप्लेजुङ जिल्ला अदालतमा सुनसरी जिल्ला अदालतमा न्यायाधीस रहेकी निर्मला योङ्या जिल्ला न्यायाधीस आउने भएकी छिन्।
यहाँ कार्यरत जिल्ला न्यायाधीस प्रकाश राउतको बारा जिल्ला अदालतमा सरुवा भएको छ। विक्रम सम्वत् २०२१ सालदेखि जिल्ला अदालत रहेको ताप्लेजुङमा अहिलेसम्म जिल्ला न्यायाधीस महिला थिएनन्। जिल्ला अदालत सुरु हुँदा २०२१ सालमा शाखा अधिकृत सरहका पूर्णबहादुर श्रेष्ठले जिल्ला अदालतको न्यायक्षेत्र सम्हालेका थिए।
जिल्ला अदालत बन्नुभन्दा पहिले भने न्याय क्षेत्र ताप्लेजुङ अमिनीका रुपमा रहेको थियो। विक्रम सम्वत् १९५२ सालमा लप्टन पूर्णबहादुर क्षेत्रीले ताप्लेजुङ अमिनीको नेतृत्व गरेको इतिहास रहेको छ।
यसैबीच, ताप्लेजुङ जिल्ला अदालतको न्यायाधीस बनेर कार्य सम्पादन गरेको करिव तीन वर्षको ईतिहाँसमा जिल्ला न्यायाधीस राउत विवादरहित बने।
न्याय कार्य सम्पादन बाहेक जिल्ला न्यायाधीसको नाताले २०७९ सालको स्थानीय तहको निर्वाचनमना उनी मुख्य निर्वाचनको अधिकृतको भूमिकामा रहे। नौ स्थानीय तह रहेको ताप्लेजुङको मुख्य निर्वाचन अधिकृतको रुपमा राउतले सफल र विवादरहित कार्य सम्पादन गर्ने व्यक्तिको छबि बनाए।




