काठमाडाैं । अहिले सेल्फी निकै प्रचलित छ । घर, रेस्टुरेन्ट, महल, पार्क जहाँ भएपनि सेल्फी खिच्नु सामान्य भइसकेको छ । फिल्टरमा भएका विभिन्न भेरिएसनले सेल्फीलाइ थप रमाइलो बनाएको छ ।
सन् १८३९ मा पहिलाे पटक रोबर्ट कर्नेलियसले सेल्फी पाेट्रेट लिएका थिए । सन् २००२ मा अस्ट्रेलियन नागरिक नाथन होपले आफ्नो २१औं जन्मदिनमा मदिराले मात्तिएर सिलाइएको ओठको फोटोमा “sorry about the focus, it was a selfie” क्याप्सन सहित फोटो राखेका थिए ।
त्यसपछि २००३ र २००५ को बीचमा सेल्फी आधुनिक संस्करणमा विकास भयाे । मानिसहरूले सामाजिक सञ्जाल साइट माइस्पेसमा यस्ता तस्वीर नियमित पोस्ट गर्न लागे ।
स्मार्टफोनमा फ्रन्ट-फेसिङ क्यामेरा फिचर राखेसँगै सेल्फीले लोकप्रियता हासिल गरेको हो । सन् २०१० मा आईफोन फाेर पहिलो सेल्फी क्यामेरा भएको पहिलो स्मार्टफोन बन्याे ।
यसरी सन् २०१३ मा सेल्फी शब्द अक्सफोर्ड डिक्सनरीमा थपिएको थियो, जसलाई ‘आफैंले खिचेकाे फाेटाे, जुन सामान्यतया स्मार्टफोन वा वेबक्यामबाट लिइन्छ र सामाजिक सञ्जालमार्फत शेयर गरिन्छ’ भनेर वर्णन गरिएको छ ।
यसलाई सन् २०१४ मा अक्सफोर्ड डिक्सनरीले वर्ड अफ द इयर नाम दिएको थियो । सोही वर्ष, डीजे रिक म्याकनेलीले जुन २१ लाई ‘राष्ट्रिय सेल्फी दिवस’ को रूपमा मनाउन थाले ।
त्यसपछि हरेक वर्ष जुन २१ मा विश्व सेल्फी दिवस मनाइन्छ ।
यसरी सुरु भएको सेल्फी अहिले निकै ट्रेन्ड बनेको छ । सन् २०२२ को तथ्याङ्क अनुसार दैनिक नाै करोड २० लाख सेल्फी खिचिन्छ । यसअन्तर्गत पुरुषकाे तुलनामा महिलाले डेढ गुणा बढी सेल्फी लिने गरेको पाइएको छ ।
टेकपाना