पाँचथर । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित पाँचथरका एक र इलामका एक युवक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका-८ का २१ बर्षीय लक्षुमान तामाङ र फाकफोकथुम-१ इलामका २७ बर्षीय प्रकाश गुरुङ रहेको प्रहरीले जनाएको छ । तामाङको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेकाे अवस्थामा उनिहरु पक्राउ परेका थिए ।
ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।