काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ।शुक्रबार बिहान भएको भेटमा दाहाल र हमालबीच राष्ट्रिय राजनीतिबारे कुरा भएको संगीतकार चेतना सापकोटाले बताए।

हमालले भने मुलुकमा सबैभन्दा पहिला राजनीतिक स्थिरता हुनुपर्ने, त्यसपछि मात्रै अन्य कुरा बिस्तारै राम्रो हुँदै जाने बताए। कलाकारले खुलेर राजनीतिमा आउने परिपाटीको विकास प्रचण्डको पालाबाट भएको बताउँदै हमालले भने, ‘तपाईंकै पालाबाट कलाकारले राजनीतिमा खुलेर आउने साहस गरेका छन्। तपाईंले कलाकारलाई गर्ने व्यवहार राम्रो लाग्छ।’
दाहाल–हमाल भेटको अवसर चेतन सापकोटाले नै जुराएका हुन्। भेटमा राष्ट्रिय राजनीतिको भन्दा धेरै अन्तराष्ट्रिय राजनीतिको कुरा भएको चेतनले बताए। हमाल र दाहालको भेटपछि हमाल माओवादी केन्द्रमा प्रवेश गर्न लागेको चर्चा सुरु भएको छ। उनीहरुको भेट गराएका सापकोटाले भने यस विषयमा आफूलाई थाहा नभएको बताए।
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित