पाँचथर । मिक्लाजुङ गाउँपालिकाले सामाुदायिक विद्यालयहरुको सुधार गर्न बिभिन्न निणर्यहरु गरेको छ । पालिका भित्रका सामुदायिक विद्यालयहरुले विद्यालय हाता भित्र कम्तीमा ५ वटा धुपीको बिरुवा अनिर्वाय रोप्नु पर्ने भएको छ ।
मिक्लाजुङ गाउँपालिकाको शिक्षा शाखाले सबै सामुदायिक विद्यालयहरुलाई ५ वटा धुपीको बिरुवा अनिर्वाय रोप्न परिपत्र गरेको हो ।
मिक्लाजुङ गाउँपालिकाको शिक्षा शाखाले पालिका भित्रका सबै सामुदायिक विद्यालयहरुले शिक्षक उपस्थिती तालीका सबैले देख्ने ठाउँमा राख्नु पर्ने, सरकारी कर्मचारी र जनप्रतिनिधिहरुका छोरा छोरीहरुलाई चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा भर्ना गर्न प्रोत्साहन गर्ने र अर्को शैक्षिक सत्रमा अनिर्वायरुपमा सामुदायिक विद्यालय भर्ना गराउनु पर्ने,एसइइको नतिजा कमजोर भएमा समबन्धीत विद्यालय र शिक्षक लाई सचेत गराउने लगायतका निणर्य गरेको छ ।