ताप्लेजुङ। बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले ३ सय जना विरामीको स्वास्थ्य चेकजाँच गरेका छन् । जिल्ला अस्पतालमा ताप्लेजुङ र पाँचथरबाट आएका विरामीको स्वास्थ्य चेकजाँच गरेका हुन् । जेठ ३० गतेदेखि असार १ गते बुधबारसम्मको अवधिमा हाडजोर्नी सम्बन्धि रोगका विरामीको चेकजाँच गरेको अस्पतालले जनाएको छ । डा.केसीले भने,“गरिबी र बेराजगारी समस्या छ । त्यही भएर सुविधा भएको अस्पतालमा उपचार गर्नबाट बञ्चित भएको पाइयो ।”
यसैबिच जिल्ला अस्पतालमा पत्रकारसँग बोल्दै डा. केसीले आफूले उठाएको मागको कार्यान्वयन हुन बाँकी रहेको बताए । केसीले भने,“गुणस्तरीय र दुर्गममा स्वास्थ्य सेवा प्रभावकारी हुनुपर्ने माग यथावत छ । कार्यान्वयन हुन्छ हुँदैन,यकिन गर्न गाह्रो छ ।” पाँचथर वा इलाममा मेडिकल कलेज भए ताप्लेजुङ,पाँचथर र तेह्रथुमका नागरिकलाई समय र खर्चको सहुलियत हुने भएकाले माग उठाइएको उनले बताए । राजनीतिक दलका नेतृत्व सेवक नहुँदा देश र जनताले दुखको पाएको केसीले दाबी गरे ।