पाँचथर । मेचिराजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ ७ सल्लेरीमा मोटरसाइकल र ट्याकर एकआपसमा जुधेर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पाँचथर प्रहरीका अनुसार बुधबार दिउँसो हिलिहाङ- ७ सल्लेरीमा च्याङथापुबाट झापाको बिर्तामोड जाँदै गरेको मे.१ ख २४९४ नम्बरको ट्याकर र झापाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको को. ५ प २३३० नम्बरको मोटरसाइकर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदाँ मोटर साइकल चालकको मृत्यु भएको छ ।
सुनसरीको रामधुनी नगरपालीका ७ बस्ने वर्ष २६ का मोटरसाइकल चालक प्रेम घिसिङको उपचारको क्रममा झापाको बि. एण्ड सि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी मृतक घिसिङको श्रीमती कञ्चन मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कञ्चन मोटरसाइकलको पछाडी सवार थिइन् ।
ट्याकर चालक सुरुङगा नगरपालिका २ बस्ने ३३ वर्षिय निमा तामाङ प्रहरी नियन्त्रमा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरक डिएसपि राकेश थापाले जानकारी दिए ।