काठमाडौँ । सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षभन्दा माथि उमेर समूहको लागि वृद्धभत्ता दिने व्यवस्था गरेको बताएका हुन्। योभन्दा अघि ७० वर्ष रहेकोमा यो वर्षदेखि २ वर्ष उमेर कम गराएको हो। त्यस्तै लिन नचाहनेहरुलाई सरकारले सम्मान दिने भएको हो।
‘हाल ७० वर्षमाथिको ज्येष्ठ नागरिक समूहलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता अब ६८ वर्षमा उपलब्ध गराइने व्यवस्था गरिएको छ,’ अर्थमन्त्री जनार्दन शर्माले, ‘सामाजिक सुरक्षाभत्ता नलिन स्वघोषणा गर्ने हरुलाई सरकारले सम्मान गर्नेछ ।’
आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा १ खर्ब ३४ अर्ब रुपैया“ बराबरको बजेट विनियोजन गरेको छ ।