कञ्चनपुर । स्थानीय तहको चुनाव कञ्चनपुरमा रोचक भिडन्त हुने भएको छ । एक दाम्पती नै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा चुनावी मैदानमा उत्रिएका छन् । श्रीमान–श्रीमती नै फरक फरक पाटीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
दोधाराचाँदनी नगरपालिका ७ नम्बर वडामा श्रीमती कांग्रेस र श्रीमान एमालेबाट वडा सदस्य पदको दौडमा छन् ।कांग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान सन्दिप उपाध्याय वडा सदस्य पदका उम्मेद्वार छन । सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन् ।
फरक पाटी भएपनि एक आपसमा सौहार्दतापुर्व तरिकाले उपाध्याय दम्पती चुनावमा होमिएका छन् । उपाध्याय जोडी बिहानै घरबाट निस्किएर रातीमात्रै घरमा आइपुग्छन् । कांग्रेसबाट वडा सदस्यमा होमिएकी कमलाले घरभित्र श्रीमान श्रीमती गेट बाहिर गएपछि आ–आफ्नो पार्टीको काममा लाग्ने गरेको बताइन् ।