पाँचथर । कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा चैत २८ गतेबाट कुम्मायक कुस्सायक गोल्डकपको तेस्रो संस्करण सुरु हुने आयोजक सयपत्रि क्लबले जानकारी दिएको छ ।
प्रतियोगितामा एडिभिजन खेलेका खेलाडीहरु सहभागी हुने छन् । उक्त प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागीता रहने आयोजकले जानकारी दिए । सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । कुम्मायक-१, यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लव (निलो) ले ब्रदर्श युनाइटेड क्लव झापाको सामना गर्नेछ ।
प्रतियोगिताको दोस्रो खेल चैत २९ गते केएफसी झापा र खेवाङ एफसी ताप्लेजुङबीच हुनेछ । प्रतियोगिताको चौंथो खेलमा चैत ३० गते संगम एफसी सुनसरी र केकेएफसी झापा आमने-सामने हुनेछन् । प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल वैशाख १ गते सयपत्री क्लव (रातो) सिलिगुढी भारतको एसटी ब्रदर्श बिरुद्ध मैदान उत्रिनेछ ।
प्रतियोगिताको बिजेताल टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयाँ प्राप्त गर्नेछ । उपबिजेता हुने टोलिले नगद १ लाख ६६ हजार ६६६ रुपैंयाँ प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयाँ र बिधागततर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।