पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागी हुने चुनाबको तयारी तिब्र रुपमा भएको छ । पाँचथर उद्योग वाणिज्य संघको चुनावी मैदानमा अलग-अलग दुई वटा समूह घोषणा गरी चुनावमा उत्रिएका छन् ।
पाँचथर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागी चैत्र २० गते चुनाब हुने पक्का भएको हो । दुई फरक फरक प्यानलनै घोषण भए पछि चुनाब हुने पक्का देखिएको हो । बर्तमान सरकार गठबन्धन को तर्फबाट नरेन्द्र अधिकारीको प्यानल घोषणा गरीएको छ । जसमा, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी र एकिकृत नेकपा समाजबादी निकट ब्यवसायिहरुको प्यानल निर्माण भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट निबर्तमान महासचिब नबराज घिमिरेको नेतृत्वमा अर्को प्यानल घोषणा भएको छ । जसमा , नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ब्यवसयिहरुको प्यानल निर्माण भएको छ ।
नरेन्द्र अधिकारीको प्यानलमा उपाध्यक्षमा बसन्त रिजाल, सागर ओझा, कुमारी मिश्र, गर्ज नेम्बाङ रहेका छन् । महासचिबमा उमानाथ अधिकारी (उमेश),सचिबमा विकास थापा, कोषाध्यक्षमा चन्द्र प्रसाद डाँगीलाई अगाडी सारिएको छ । सदस्यहरुमा योगराज सेढाई, याम चापाँगाई, राजेन्द्र वि.क,श्री प्रसाद आङवो,रेखा लावती,टेकबहादुर सिवा,मौसम लावती, सन्तोष तुम्बापो र चन्द्र प्रसाद तामाङ रहेका छन् ।
उता, नवराज घिमिरे प्यानलमा उपाध्यक्षमा तिलबिक्रम नेम्बाङ,चन्द्रप्रकाश काफ्ले,निलम गिरि,सोमकुमार थापा रहेका छन् । महासचिबमा सुर्यकुमार राना मगर, सचिबमा सजिब जोशि,कोषाध्यक्षमा प्रतिमा पौडेल राना रहेका छन् । सदस्यहरुमा लक्की सुजी,पुणर्कुमार सुब्बा,आईतराज बेधा,टासी शेर्पा,राजेन्द्र थापा मगर,बिरेन्द्र कुमार श्रेष्ठ, गणेश काफ्ले,रमेश खत्रि अधिकारी,माया वाइवा राई,लिलाबल्ब खरेल,शिब अधिकारी र सागर खनाल रहेका छन् ।
जिल्लामा पाँचथर उद्योग वाणिज्य संघ चुनाब लाई सरकारी गठबन्धन दल र प्रमुख प्रतिपक्षी दलको प्रतिष्ठाको रुपमा पनि लिइएको छ ।
नरेन्द्र अधिकारिकाे प्यानल
नबराज घिमिरेकाे प्यानल