पाँचथर– पाँचथर सदरमुकाम फिदिममा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म हेडक्वाटर हिमशिखरको १६ औँ स्थापना दिवस मनाइएको छ । खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा उत्कृष्टलाई पुरस्कृत, उत्कृष्ट प्रहरीलाई पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम, सहयोगीहरूलाई कदर पत्र प्रदान र शुभकामना आदान–प्रदान गरि स्थापना दिवस मनाइएको हो ।
१ नम्बर बराह वाहिनी मुख्यालय सुनसरीका सहायक वाहिनीपति एसएसपि सुधीर जंग थापाको प्रमुख आतिथ्ययतामा स्थापना दिवस मनाइएको थियो । कार्यक्रममा नगरपालिका, गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेताहरू, कार्यालय प्रमुख, नागरिक संस्था प्रतिनिधि लगायतको उपस्थिति थियो ।
शुभकामना राख्दैँ बक्ताहरूले सशस्त्र प्रहरीको भूमिका महत्पूर्ण रहेको बताएका थिए । स्थापनका दिवसको सन्दर्भमा विभिन्न खेलकुद, हाजिर जवाफ, ब्याडमिन्टन लगायतका प्रतियोगिता समेत सम्पन्न भएको गुल्मपति डिएसपि चिरञ्जीवी प्रसाईंले जानकारी दिए ।




